Sher Bahadur Tamang - Sindhupalchowk-2

Province-3   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

एमाले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज शेरवहादुर तामाङ यो क्षेत्रबाट चौथो पटक चुनावी प्रतिस्पर्धामा छन् । राप्रपा प्रजातान्त्रिकका हेभीवेट नेता पशुपति समशेर राणासँग तामाङको प्रतिस्पर्धा हुँदैछ ।

०५६ सालमा तत्कालीन नेकपा मालेबाट उम्मेदवार बनेका तामाङ ०६४ को संविधानसभा चुनावमा एमालेको उम्मेदवार बनेर माओवादीका दावा तामाङसँग ९८ मतान्तरमा पराजित भए ।

०७० सालमा उनले राप्रपा अध्यक्ष पशुपति शमशेर जबरालाई २५ सय मतान्तरमा पराजित गरेका थिए । नेकपा एमाले सम्वद्ध युवा संघको उपाध्यक्षबाट बिदा भएपछि वागमती अञ्चल कमिटी सचिव हुँदै केन्द्रीय सदस्य बनेका तामाङ एमालेभित्र तामाङ समुदायका शीर्षस्थ नेता हुन् ।

मेलम्ची नगरपालिकाका बासिन्दा तामाङ एमालेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपाध्यक्ष हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Gopal Dahit

Nepali Congress

Surya Narayan Yadav

Federal Socialist Forum

Asheswar Yadav

Federal Socialist Forum