Mohan Bahadur Basnet - Sindhupalchowk-1

Province-3   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वर्तमान सरकारका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ बाट पाँचौं पटक प्रतिस्पर्धामा छन् । ०५१ र ०६४ मा पराजय भोगेका बस्नेतले ०५६ र ०७० मा जित निकालेका थिए । अहिले उनी माओवादी नेता अग्नि सापकोटासँग चुनाव लड्दैछन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितिको लामो समय सभापति भएका बस्नेत बाहुबली नेताका रुपमा परिचित छन् । ०५६ मा चुनाव जितेपछि स्वास्थ्य राज्यमन्त्री बनेका बस्नेत पार्टीभित्र खुमवहादुर खड्काका विश्वासपात्र मानिन्छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका बासिन्दा बस्नेतले जितेमा यो तेस्रो जित हुनेछ भने हारे पनि तेस्रो हार हुनेछ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Mahajan Yadav

Federal Socialist Forum

Bhisma Angdembe

Nepali Congress

Radhe Chandra Yadav

Nepali Congress