Purna Bahadur Khadka - Surkhet-1

Province-6   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

पूर्णबहादुर खड्का, सुर्खेत, क्षेत्र नं.१ का उम्मेदवार

सुर्खेतको साविकको पाम्का गाविस वडा नं. ९ मा जन्मिएका पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं. १ बाट कांग्रेसको प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।

उनी ०४८, ०५१, ०५६ र ०७० सालमा भएका आम चुनावमा एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै विजयी भएका थिए ।

नेपाली कांग्रेसका सहमहामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका खड्का राज्य व्यवस्था समिति सदस्य -सन् १९९६-१९९८) भएका थिए ।

उनले वाणिज्य मन्त्री, युवा, खेलकुद तथा संस्कृति मन्त्री, जनसंख्या तथा वातावरण मन्त्री, सूचना तथा संचार मन्त्री, उद्योग मन्त्री, गृहमन्त्री -सन् १९९८-२००१) को अनुभव सम्हालेका थिए । खड्काले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री -१९९८-२००१), गृहमन्त्री -सन् २००४) को जिम्मेवारी सम्हालेका थिए ।

उनी नेविसंघको केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसमेत भएका थिए । उनी ०४५ देखि २०४९ सम्म कांग्रेस सुर्खेतको सभापति भएका थिए । लामो समयदेखि नेपाली कांग्रेसका केन्ऽीय सदस्य रही आएका खड्का पार्टी विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकका पनि केन्ऽीय सदस्य भएका थिए ।

२०३१ सालबाट राजनैतिक यात्रा सुरु गरेका उनले पटकपटक गरेर कुल पाँच महिना जेल जीवन बिताएका थिए । पूर्व राजा ज्ञानेन्ऽको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उनी नजरबन्दमा परेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रका स्नातक पूर्णबहादुर खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

खड्काले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, हङकङ, भारत, जापान, केन्या, लक्जम्बर्ग, नेदरल्याण्ड, कतार, सिङगापुर, श्रीलंका, स्वीट्जरल्याण्ड,थाइल्याण्ड, बेलायत र अमेरिका लगायतका देशमा भ्रमण गरिसकेका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु