Bhisma Angdembe - Panchthar-1

प्रदेश १   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

दोस्रो संविधानसभामा पाँचथर क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद आङदेम्बे संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति थिए ।

वि.स. ०५६ र ०६४ का दुईवटा निर्वाचनमा पराजित भएका आङदेम्बे दोस्रो संविधानसभा निर्वाचनमा पाँचथरबाट विजयी बनेका थिए ।

यसपटक उनी एमालेका प्रभावशाली नेता बसन्तकुकार नेम्वाङसँग चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस नेता आङ्देम्बेलाई पाँचथरवासी एक हक्की, साहसिलो नेताका रुपमा लिन्छन् । उनको जन्म साविक नवमीडाँडामा ०२१ असोज १५ गते भएको हो । कानुनमा स्नातक आङ्देम्बेले प्रारम्भिक शिक्षा नवमीडाँडा, इलाम र भारतको कालेङपुङबाट लिएका थिए ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आङ्देम्बे राजनीतिक परिवारका सदस्य हुन् । उनका हजुरबा प्रेमराज आङ्देम्बे वीपी कोइरालाको मन्त्रिपरिषदमा थिए ।

आङ्देम्बेको परिवार र राजनीति परिपूरक जस्तै थियो । पञ्चायतका स्थायी सत्रुका रुपमा रुपमा परिवार भएकाले भीष्मराजको राजनीतिक विषयसँग बाल्यकालदेखि नै निकटता रहृयो । उनी १३ बर्षको कलिलो उमेरदेखि राजनीतिमा सक्रिय छन् ।

उनी नेपाली काङ्ग्रेसको जिल्ला तह, नेविसंघ केन्द्रीय सदस्य र तरुण दलका केन्द्रीय उपाध्यक्ष हुँदै हाल पार्टीको केन्द्रीय सदस्य तथा जनजाति विभाग प्रमुखका रुपमा कार्यरत छन् ।

३ वर्ष जेल र ६ महिना भूमिगत जीवन बिताएका आङदेम्बे ०३४ सालदेखि राजनीतिमा लागेका हुन् । उनका दुई छोरा र एक छोरी छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Ram Chandra Yadav

Nepali Congress

Ujwal Thapa

Bibeksheel Sajha Party

Kiran Yadav

Nepali Congress

Prabhu Shah

Maoist Centre

Bhimsen Das Pradhan

Nepali Congress

Uma Shanker Argariya

Federal Socialist Forum