Mahesh Basnet - Bhaktapur-2

Province-3   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका युवा नेता महेश बस्नेत भक्तपुर २ बाट दोस्रो पटक चुनावी मैदानमा छन् । ०७० सालको चुनावमा तेस्रो भएका बस्नेत यसपटक कांग्रेसका दमननाथ ढुंगानासँग प्रतिस्पर्धामा गर्दैछन् ।

०५४ सालमा गुण्डु गाविसको अध्यक्ष निर्वाचित भएका बस्नेत त्यो बेला देशभरिकै कान्छा अध्यक्ष थिए । उनी युवा संघको केन्द्रीय सदस्य र कोषाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष हुँदा चर्चामा आए ।

युवा संघ अध्यक्ष रहेकै बेला सुशील कोइराला सरकारमा उनलाई उद्योगमन्त्री बनाइएपछि भक्तपुरमा उनले चुनाव लक्षित काम गरे ।

एमाले ३ नम्बर प्रदेश कमिटी सदस्य बस्नेत अध्यक्ष केपी शर्मा ओलीका पि्रयपात्र हुन् । भक्तपुर २ मा एमाले नेता बस्नेतलाई माओवादीको समेत साथ छ । तर, उनले कांगे्रसका प्रवुद्ध नेता दमननाथ र नेमकिपाकी पूर्वसांसद अनुराधा थापासँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु