Bishal Bhattarai - Khotang-1

प्रदेश १   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका युवा नेता केन्द्रीय सदस्य बिशाल भट्टराई चौथोपटक चुनावी प्रस्पिर्धामा छन् । ०५६ र ०६४ मा खोटाङ २ बाट पराजय भोगेका भट्टराईले ०७० मा भने सोही क्षेत्रबाट विजय हासिल गरेका थिए ।

विद्यार्थी राजनीतिमा कुनैबेला निकै चर्चामा रहेका भट्टराई ०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति निर्वाचित भएका थिए । अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएर विद्यार्थी राजनीतिबाट बाहिरिएका भट्टराई पार्टीको खोटाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका हुन् ।

खोटाङ बजारमा ०२५ सालमा जन्मेका भट्टराईले पत्रकारितामा स्नातकसम्म अध्ययन गरेका छन् । ०५९सालमा माओवादीबाट ४६ दिनसम्म अपहरणमा परेका भट्टराई अहिले माओवादीसँगै तालमेलका आधारमा जित निकाल्ने दाउमा छन् ।

भट्टराईका एक छोरा र एक छोरी छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Bikram Singh

Nepali Congress

Kanchha Ram Tamang

Nepali Congress

Chandra Maharjan

Nepali Congress

Deepak Karki

Federal Socialist Forum