Lal Babu Pandit - Morang 7

प्रदेश १   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका चर्चित नेता हुन् लालबाबु पण्डित । सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता पण्डित मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता हुन् ।

विशेष गरी ०५१ साल र ०५६ सालको प्रतिनिधिसभाका सांसद रहेका पण्डित सामान्य प्रशासन मन्त्री बनेपछि ह्वात्तै चर्चामा आए ।

सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण उनी चर्चित बने । उनकै कारण डीभी होल्डर सरकारी कर्मचारीले जागिर खान नपाउने कानूनी व्यवस्था प्रारम्भ भयो ।

आगामी मंसिर २१ गते हुने चुनावमा एमाले नेता पण्डितले मोरङ- ६ मा नेपाली कांग्रेसका अर्का चर्चित नेता डा। शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दैछन् । डा। कोइरालालाई लोकतान्त्रिक फोरम लगायत लोकतान्त्रिक गठबन्धनको समर्थन रहेको छ भने पण्डितलाई माओवादीलगायत वाम गठबन्धनको समर्थन छ ।

कांग्रेस नेता कोइराला र एमाले नेता पण्डितवीच प्रतिस्पर्धा हुन लागेको मोरङको क्षेत्र नम्बर ६ चर्चामा रहेका निर्वाचन क्षेत्रमध्ये एउटा हो ।

डा. कोइराला कांग्रेसको बलियो जनाधार भएको मोरङ ६ मा कोइराला परिवारको लिगेसी बोकेका उम्मेदवार हुन् भने पण्डित सादगी नेताको पहिचान बनाएका उत्पीडित वर्गको सहानुभूति बोकेका नेता हुन् ।

पण्डितको सिंहदरबार बदल्ने संघर्ष हालै बजारमा आएको छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु