Raj Bahadur Budha - Dailekh-2

Province-6   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका-६ मा ३ असार ०२३ मा जन्मिएका बूढा विद्यार्थी राजनीतिबाट मूल राजनीतिमा आएका हुन् ।

बूढा ०३९ सालमा जिल्लाको पुरानो सदरमुकाम दुल्लुमा रहेको विजया माविमा अध्ययन गर्दा नै नेमकिपाको नेक्राविसंघको अध्यक्ष बनेका थिए । उनी ०४२ देखि ०४४ सम्म महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसको नेक्रावि संघको उपाध्यक्ष बने ।

अमृत साइन्स क्याम्पसमा ०४६ सालमा उनी नेक्राविसंघको अध्यक्ष बने । ०५० देखि ०५८ सम्म नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्ष बनेका उनी ०६० देखि ०६३ सम्म एमाले दैलेखको उपसचिव बनेका थिए ।

उनी ०६६ मा एमाले जिल्ला कमिटी सदस्य हुँदै ०६८ देखि ०७१ सालसम्म एमाले भेरी अञ्चल कमिटी सदस्य भए । ०७१ सालमा उनी एमालेको बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भए ।

अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा स्नातक र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट विज्ञान विषयमा स्नातकोत्तर गरेका बुढाले ०६४ सालको पहिलो संविधानसभा चुनावमा दैलेख-२ बाट चुनाव जितेका थिए ।

बूढा एमाले-माओवादीका साझा उम्मेदवार हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Bishwa Aryal

Nepali Congress

Mahendra Yadav

Nepali Congress

Prakash Sharan Mahat

Nepali Congress

Chin Kaji Shrestha

Nepali Congress

Shanker Bhandari

Nepali Congress