Rabindra Raj Sharma - Dailekh-1

Province-6   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

दैलेखको नारायण नगरपालिका-२ जाहारकोटमा ०२१ असोज १० गते जन्मिएका रविन्द्र शर्मा एमालेका जिल्ला अध्यक्ष हुन् । त्रिभूवन उच्च मावि दैलेखबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका शर्माले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइएल गरेका छन् ।

शर्माले ०४२ सालमा नेकपा मालेको भातृसंगठन अनेरास्ववियूको महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको प्रारम्भिक कमिटीमा आवद्ध भएर राजनीति सुरु गरेका हुन् ।

शर्मा ०४६ सालमा नेकपा मालेको नेपालगञ्ज नगर संगठन कार्यदलको सदस्य बने । ०४७ सालमा नेकपा मालेको संस्थापक सचिव बनेका रविन्द्र माले र मार्क्सवादी एकीकरणपछि बनेको नेकपा एमालेको पनि सचिव बनेका थिए ।

शर्माकै नेतृत्वमा ०५२ सालमा नेमकिपाको जिल्ला कार्यसमिति एमालेमा समाहित भएपछि उनी चर्चामा आएका थिए । ०४८ र ०५१ को संसदीय चुनावमा पनि उनी दैलेख क्षेत्र नं. १ मा उम्मेदवार बनेका थिए ।

शर्मा ०५४ सालमा भएको स्थानीय चुनावमा नारायण नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । शर्मा ०७१ देखि एमाले दैलेखको जिल्ला अध्यक्ष छन् ।

 

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु