Bikram Bahadur Thapa - Kathmandu-7

Province-3   दल: RPP   प्राप्त मत: कैफियत:  

कमल थापा नेतृत्वको राप्रपाका केन्द्रीय सदस्य रहेका विक्रमबहादुर थापा हाल महिला बालवालिका तथा समाज कल्याण मन्त्री हुन् ।

यसअघि राप्रपाबाट समानुपातिक सभासद रहेका थापा काठमाडौं ७ बाट पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थापा राप्रपा स्थापना कालदेखि नै काठमाडौंको नेतृत्व तहमा छन् ।

पञ्चायतकालमा काठमाडौं जिल्ला पञ्चायतको सभापति भएका थापा शाही शासनका बेला पनि मनोनित जिल्ला विकास समिति सभापति भएका थिए ।

सीतापाइलाका स्थायी बासिन्दा थापाका लागि यो निर्वाचन क्षेत्र नयाँ हो । र, थापाका प्रतिद्वन्द्वी वाम गठबन्धनका रामवीर निकै बलिया प्रतिद्वन्द्वी हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु