Hriday Ram Thani - Surkhet-2

Province-6   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

हृदयराम थानी, कांग्रेस, सुर्खेत-२ का उम्मेदवार

सुर्खेतको बयलकाँडा जन्मेका हृदयराम थानी १९ वर्षको उमेरमा राजनीतिमा होमिए । पढ्नका लागि ०३६ सालमा काठमाडौं पुगेकै वर्ष उनले पुल्चोक इञ्जिनियरिङ अध्ययन संस्थानको नेविसंघ इकाइ सभापतिको जिम्मेवारी पाए ।

थानीले ०४१ देखि ०४३ सालसम्म नेविसंघबाट शंकरदेव क्याम्पसको सभापति चलाए । ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलन लगायत ०६२/०६३ सम्म विभिन्न कालखण्डमा लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा उनले सक्रियतापूर्वक सहभागिता जनाए ।

थानी पञ्चायतकालीन अवस्थामा प्रतिवन्धित नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतको सदस्य भए । बहुदल प्राप्तिपछि ०४७ सालमा काठमाडौंबाट उनी जिल्ला फर्किए । ०४९ मा वीरेन्द्रनगर १ को वडाध्यक्ष बनेका थानी ०५१ को चुनावमा सुर्खेत क्षेत्र नं. २ को सांसदको उम्मेदवार बने । तर, उनले चुनाव जितेनन् । ०५६ सालको चुनावमा भने सुर्खेती जनताले उनलाई पत्याए र उनी सांसद बने । ०५८ सालमा उनले नेपाली कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गरे ।

१३ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भए । ०७३ सालमा उनी सहकारी तथा गरिबी निवारण मन्त्री बने ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Deepak Khadka

Nepali Congress

Dilman Pakhrin

Nepali Congress

Hari Narayan Rauniyar

Federal Socialist Forum

Abhishek Pratap Shah

Nepali Congress

Rajeshwor Biswas

Federal Socialist Forum