Pampha Bhusal - Lalitpur-3

Province-3   दल: Maoist Centre   प्राप्त मत: कैफियत:  

 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल ललितपुर ३ मा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछिन् । ०६४ को पहिलो संविधानसभा चुनावमा उनले एमालेका रघुजी पन्त र कांग्रेसका मदन अमात्यलाई यहँबिाट पराजित गरेकी थिइन् ।

तर, ०७० को दोस्रो संविधानसभा चुनावमा भुसाल वैद्य माओवादीतिर लागेकाले निर्वाचनमा सहभागी भइनन् । यसपटक उनको प्रतिस्पर्धा कांग्रेस जिल्ला सभापति मदन अमात्यसँग हुँदैछ ।

कुपण्डोलमा घर रहेकी भुसाल पूर्वसामान्य प्रशासन मन्त्री हुन् । माओवादी जनयुद्ध सुरु हुनुपूर्व संयुक्त जनमोर्चाको केन्द्रीय नेतृत्वमा रहेकी भुसाल अविवाहित महिला नेतृ हुन् । उनी राजनीतिको माथ्लो तहमा पुगेकी सीमित नेतृमध्ये एक मानिन्छन् ।

यसपालिको निर्वाचनमा थोरैमात्रै महिलाहरु प्रत्यक्ष चुनावी मैदानमा छन् । त्यसरी प्रत्यक्ष चुनाव लडेकामध्ये भुसाल प्रभावशाली मानिन्छन् । उनलाई यसपालि एमालेको समेत साथ छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु