Rajendra Gautam - Sankhuwasabha-2

प्रदेश १   दल: CPM-UML   प्राप्त मत: कैफियत:  


संखुवासभाको पुरानो सदरमुकाम चैनपुरका बासिन्दा हुन्, एमाले उम्मदेवार राजेन्द्र गौतम । अहिले उनी एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सचिव छन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मदेवार बनेका गौतम ०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका दीपक खड्कासँग ५७९ मतान्तरले पराजित भएका थिए । यसपटक पनि तिनै खड्कासँग चुनावी प्रतिस्पर्धामा छन्, गौतम ।

अघिल्लोपटक संखुवासभा क्षेत्र नम्बर २ मा गौतम र खड्कावीच प्रतिस्पर्धा भएको थियो भने यसपटक जिल्लामा एउटै निर्वाचन क्षेत्र कायम भएको छ ।

राजनीतिमा एमाले नेता गौतम पुराना एवं खारिएका नेता हुन् । गौतम तत्कालीन एमाले महासचिव मदन भण्डारी सँगसँगै कम्युनिस्ट राजनीतिमा होमिएका हुन् ।

गौतमले एमालेको कोशी अञ्चल इञ्चार्ज तथा सचिव एवं केन्द्रीय प्रचार विभागका सचिवको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनी पटक–पटक पक्राउ परेका थिए ।

जिल्लामा यसपालि एमाले र माओवादीको साझा उम्मदेवारका रुपमा गौतम चुनावमा उत्रिएका छन् । राप्रपाको साथ लिएर चुनावी मैदानमा आएका खड्कासँगको दोस्रोपटकको भीडन्त गौतमका लागि चुनौती र अवसर दुबै हो ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Haribol Gajurel

Maoist Centre

Subuna Basnet

Bibeksheel Sajha Party

Narendra Jung Thapa

Nepali Congress

Uddab Thapa

Nepali Congress

Sakal Devi Sutiyar

Nepali Congress

Nabindra Raj Joshi

Nepali Congress