Bhupendra Kattel - Ilam-1

प्रदेश १   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

विसं.२०१३ सालमा फिक्कल-८ मा जन्मेका भूपेन्द्र कट्टेल इलाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेद्वार हुन् । उनी ०६२ सालमा नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति थिए । उनीे ०५४ सालको स्थानीय तहको निर्वाचनमा फिक्कल ८ बाट वडा सदस्य निर्वाचित भएका थिए ।

कांग्रेस नेता कट्टेल पार्टीको जिल्ला सदस्य एवं महाधिवेशन प्रतिनिधि हुँदै हाल क्रियाशील सदस्यका रुपमा पार्टीमा कार्यरत छन् ।

कांग्रेस उम्मेदवार कट्टेल ०३६ सालदेखि पञ्चायतको विरोध गर्दै राजनीतिमा लागेका हुन् । उनले स्नातकसम्म अध्ययन गरेका छन् ।

एमालेको बलियो पटक रहेको र यसपालि माओवादीको पनि साथ रहेको इलाममा कांग्रेस नेता कट्टेलले हेभीवेट उम्मेदवार झलनाथ खनाललाई टक्कर दिने आँट गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु