Pashupati Samsher Rana - Sindhupalchowk-2

Province-3   दल: RPP Democratic   प्राप्त मत: कैफियत:  


कमल थापासँग फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर जबराका लागि सिन्धुपाल्चोकमा यो आठौं पटकको चुनावी प्रतिस्पर्धा हो । ०३८ देखि ०५६ सम्म लगातार चुनाव जितेर रजत वर्ष मनाएका राणा ०६४ र ०७० का दुवै संविधानसभा चुनावमा पराजित भए ।

यसपटक राणा कांग्रेसको समर्थनमा चुनाव लड्दैछन् । पञ्चायतकाल र बहुदलीय व्यवस्थामा गरी १० पटकसम्म मन्त्री भइसकेका ७६ वर्षीय राणाका लागि सम्भवतः यो अन्तिम चुनावी प्रतिस्पर्धा हो ।

अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहन शमसेर जबराका नाति पशुपति शमसेर जबरा १८ वर्षपछि एकीकृत र बिभाजित राप्रपाको नेतृत्व गरिरहेका छन् । उनले वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङसँग सामना गरिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राणाको जितलाई निकै महत्व दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Bal Bahadur KC

Nepali Congress

Sunil Kumar Bhandari

Nepali Congress

Deepak Kuinkel

Nepali Congress

Durga Paudel

Rastriya Janamorcha

Kabiraj Pandit

Nepali Congress