Raju Khanal - Dang-2

Province-5   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

कांग्रेस नेता राजु खनाल दाङ क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । खनालले माओवादी नेता कृष्णबहादुर महरासँथ प्रतिस्पर्धा गर्दैछन् ।

०४२ सालको सत्याग्रहबाट राजनीतिक यात्रा सुरु गरेका उनले स्नातकसम्म अध्ययन गरेका छन् । ०४३ सालमा महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा स्ववियु कोषाध्यक्ष बनेका उनी नेविसंघ दाङ जिल्ला सभापति हुँदै दुई कार्यकाल नेविसंघको केन्द्रीय सदस्य र एक कार्यकाल केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए ।

०४६ सालको जनआन्दोलनमा खनालले कांग्रेस नेताहरु खुमबहादुर खड्का, बलदेव शर्मा मजगैयाँ, तीर्थलाल चैतु लगायतसँग काम गरेका थिए ।

नेपाली कांग्रेसको नवौं महाधिवेशनमा प्रतिनिधि बनेका उनी हाल महासमिति सदस्य छन् । दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार निर्मल आचार्यलाई पराजित गरेका खनाल अहिले प्रतिनिधिसभामा माओवादीका 'हेभीवेट' उम्मेदवार कृष्णबहादुर महरासँग प्रतिस्पर्धामा गर्दैछन् ।

 

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Sakal Devi Sutiyar

Nepali Congress

Maheshwor Gahatraj

Maoist Centre

Ashok Rai

Federal Socialist Forum

Ram Bahadur BC

Nepali Congress