Shakti Bahadur Basnet - Jajarkot-1

Province-6   दल: Maoist Centre   प्राप्त मत: कैफियत:  

जाजरकोटमा ०२८ बैशाख १ गते जन्मिएका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले विद्यार्थी संगठन हुँदै कम्युनिष्ट पार्टीको राजनीतिक यात्रा सुरु गरेका हुन् ।

माओवादी युद्धपहिले बस्नेत संयुक्त जनमोर्चाको सक्रिय राजनीतिमा थिए । माओवादी जनयुद्ध सुरु हुनुपूर्व उनी संयुक्त जनमोर्चा जाजरकोटको सचिव थिए ।

बस्नेत माओवादी आन्दोलनका संस्थापक नै हुन् । शान्ति प्रकि्रयापछि ०६४ को संविधानसभा चुनावमा बस्नेत समानुपातिक सांसद बने ।

सांसद बनेका बस्नेत माओवादी अध्यक्ष प्रचण्डका निकट पात्रका रुपमा रहे । पार्टी अध्यक्ष प्रचण्डको सहयोगीका रुपमा काम गरेका बस्नेत माओवादीका केन्द्रका अस्थायी समिति सदस्य हुन् ।

०७० को दोस्रो संविधानसभाको चुनावमा बस्नेत जाजरकोट क्षेत्र नं १ बाट प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री समेत भए । बस्नेत अहिले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । बस्नेतले यसपटक कांग्रेसका राजीवविक्रम शाहसँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु