Ram Hari Khatiwada - Okhaldhunga-1

प्रदेश १   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा ओखलढुंगामा दोस्रोपटक चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

०७० को निर्वाचनमा ओखलढुंगा २ बाट संविधानसभा सदस्य निर्वाचित भएका खतिवडाले यसपटक एमालेका युवा नेता यज्ञराज सुनुवारको सामना गर्दैछन् ।

चालिसको दशकदेखि नेविसंघबाट राजनीति गरेका खतिवडा कांग्रेसको महासमिति सदस्यका रुपमा लामो समयदेखि क्रियाशील छन् । उनी कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भए पनि पार्टीभित्र प्रभावशाली युवा मानिन्छन् ।

साबिक थाक्ले गाविस, हालको मानेभन्ज्याङ गाउँपालिकाकाका स्थायी बासिन्दा खतिवडा ०४८ मा बलबहादुर राई मन्त्री हुँदा स्वकीय सचिव थिए ।

०२६ साल पुसमा जन्मेका खतिवडा अहिलेसम्म अविवाहित छन् । उनले राजनीतिशास्त्रमा एमए र कानूनमा स्नातक अध्ययन गरेका छन् । ०४१ सालदेखि राजनीतिमा लागेका उनले डेढ वर्ष बन्दी जीवन बिताएका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Bimal Prasad Shrivastav

Federal Socialist Forum

Madhu Acharya

Nepali Congress

Saraswati Bajimaya

Nepali Congress

Narayan Khadka

Nepali Congress