Yagya Raj Sunuwar - Okhaldhunga-1

प्रदेश १   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता यज्ञराज सुनुवार ओखलढुंगामा तेस्रो पटक चुनावी प्रतिस्पर्धा गर्दैछन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा ओखलढुंगा १ बाट माओवादीका केशव राईसँग पराजित भएका सुनुवारले ०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका बालकृष्ण दाहाललाई पराजित गरे ।

यसपटक साझा वामपन्थी उम्मेदवारका रुपमा सुनुवारको प्रतिस्पर्धा कांग्रेसका युवा नेता रामहरी खतिवडासँग हुँदैछ ।

अनेरास्ववियुबाट राजनीति शुरु गरेका सुनुवार ०४९ सालको स्ववियु चुनावमा आर आर क्याम्पसबाट सदस्य र ०५१ मा सचिव हुँदै ०५३ मा स्ववियु सभापति निर्वाचित भएका थिए । उनी ०५५ मा महेन्द्ररत्न क्याम्पस ताहाचलको पनि स्ववियु सभापति निर्वाचित भएका थिए ।

अनेरास्ववियुको अध्यक्षमा ठाकुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिमा गएका सुनुवार एमालेको ओखलढुंगा जिल्ला सचिव र अध्यक्ष हुँदै पार्टी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

साबिक श्रीचौर गाविस हाल मोलुङ गाउँपालिकाका स्थायी बासिन्दा सुनुवारले राजनीतिशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गरेका छन् ।

सुनुवार ०२९ साल कात्तिकमा जन्मेका हुन् । ०४६ सालदेखि राजनीतिमा संलग्न रहेका उनका एक छोरा छन् । उनले ५ महिना बन्दी जीवन बिताएका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु