Prakash Sharan Mahat - Kathmandu-5

Province-3   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतका लागि काठमाडौ क्षेत्र नम्बर ५ पहिलो चुनावी प्रतिस्पर्धा हो । काठमाडौं ५ मा एमाले महासचिव ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गरिरहेका महत ०६४ र ०७० दुवै संविधानसभामा समानुपातिकबाट सभासद बनेका थिए ।

नेविसंघको उपाध्यक्षसम्म भएका महत अमेरिका पढ्न गएपछि कांग्रेसको राजनीतिबाट केही समय बाहिरिए । पीएचडी गरेर फर्किएका महतलाई शेरवहादुर देउवाले आफू प्रधानमन्त्री भएका बेला आफ्नो आर्थिक सल्लाहकार र योजना आयोगको सदस्य समेत बनाए ।

कांग्रेस नेता डा. रामशरण महतका सहोदर भाइ प्रकाशशरण पार्टीभित्रको राजनीतिमा भने सधैं दाजुको भन्दा फरक लाइनमा रहने गरेका छन् । देउवाले कांग्रेस विभाजन गरेपछि प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य बनेका महत एकपटक उर्जामन्त्री र अर्को पटक परराष्ट्र मन्त्री समेत बनिसकेका छन् ।

नुवाकोट कबिलासका स्थायी बासिन्दा महतका लागि प्रत्यक्ष चुनाव र चुनावी क्षेत्र दुवै नयाँ र चुनौतीपूर्ण बनेका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु