Bhawani Khapung - Terhathum-1

प्रदेश १   दल: CPM-UML   प्राप्त मत: कैफियत:  


दोस्रो संविधानसभाको निर्वाचनबाट भवानी खापुङ तेह्रथुम जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनी नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका पूर्वसदस्य तथा एमाले जिल्ला समिति तेह्रथुमका पूर्वअध्यक्ष समेत हुन् ।

विं.सं. ०१८ सालमा जन्मिएका खापुङले वि.सं. ०४० सालदेखि पूर्णकालीन राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । यसअघि उनी अनेरास्ववियूमा लागेर ०३९ सालमा धरानको महेन्द्र बहुमुखी क्याम्पसको इकाई अध्यक्षमा निर्वाचित भए ।

व्यवस्थापन संकायमा स्नातक अध्ययन पूरा गरेका उनी ८ वर्ष शिक्षण पेशामा आवद्ध थिए । खापुङ ०५४ सालको स्थानीय चुनावबाट एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।
पूर्वसांसद् खापुङका २ छोरी र एक छोरा छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Rajlal Yadav

Federal Socialist Forum

Anil Kumar Rungata

Nepali Congress

Kanchha Ram Tamang

Nepali Congress

Uday Sumsher Rana

Nepali Congress