Bishwa Prakash Sharma - Jhapa-1

प्रदेश १   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  


नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा झापाको शान्तिनगरमा वि.सं. ०२७ सालमा जन्मिएका हुन् । नेविसंघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका शर्मा कांग्रेसका प्रभावशाली युवा नेताका रुपमा चिनिन्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका शर्मा कांग्रेसवृत्तमा बौद्धिक नेताको छवि बनाएका छन् । पत्रपत्रिकामा लेख रचना एवं राजनीतिक विश्लेषणात्मक लेखहरु लेख्ने गरेका कारण उनी पार्टी बाहिर पनि चिर्चित छन् ।

झापा क्षेत्र नम्बर १ मा माओवादीका वौद्धिक नेता राम कार्कीसँग प्रतिस्पर्धा गरिरहेका शर्मा दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित भएका थिए ।

बौद्धिक र दुरदृष्टि भएका नेताको छवि बनाएका कार्की र शर्मा दुई नेताबीचको चुनावी भिडन्तका कारण अहिले झापा क्षेत्र नं. १ चर्चामा छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Bikram Singh

Nepali Congress

Manoj Yadav

Federal Socialist Forum

Krishna Prasad Yadav

Nepali Congress

Hasta Bahadur Malla

Nepali Congress