Yogesh Bhattarai - Taplejung-1

प्रदेश १   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

योगेश भट्टराई, एमाले, ताप्लेजुङ, प्रतिनिधिसभा

ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मदेवार नेकपा एमालेका युवा नेता योगेश भट्टराईको जन्म ०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उनले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए गरेका छन् ।

नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि विद्यार्थीकालमै वामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि बामपन्थी पृष्ठभूमिकै थिए । त्यही क्रममा उनले ०३७ सालमा अनेरास्ववियुको राजनीति सुरु गरे ।
विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा बसेर भट्टराईले काम गरे । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उनले पटक पटक भाग लिए । ०५१ सालमा उनी अनेरास्ववियूको केन्द्रीय अध्यक्ष भए ।

विद्यार्थी राजनीतिसँगै उनी नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्यद्री सदस्यसम्म भने । हाल उनी एमालेका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सचिव छन् ।

नेता भट्टराई यसअघि ०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र ०७० सालको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेका थिए । तर, दुबै चुनावमा जित हात पार्न सकेनन् । यसपटक हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भने भट्टराई आफ्नै गृहजिल्लामा उम्मेदवार बनेका छन् ।

वाम गठबन्धनमा माओवादी केन्द्रको समर्थनमा नेता भट्टराई प्रतिनिधिसभाका लागि अन्य दलका ७ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । ठूलो पार्टीका केन्द्रीय पदाधिकारी भएकाले जिल्लामा उनी चर्चित उम्मेदवार बनेका छन् ।

भट्टराईको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका केशवप्रसाद दाहालसँग हुने देखिएको छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु