Bhupendra Jung Shahi - Kalikot-1

Province-6   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

माओवादी नेता दूर्गबहादुर राउतसँग चुनावी प्रतिस्पर्धामा रहेका भूपेन्द्रजंग शाही कांग्रेसका युवा नेता हुन् । शाही तरुण दलको केन्द्रीय महासचिव हुन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलको सिफारिसमा उनी तरुण दलको महासचिव भएका हुन् । विद्यार्थी राजनीतिबाट उदाएका शाही नेविसंघको केन्द्रीय उपसभापति समेत भइसकेका व्यक्ति हुन् । हाल शाही कांग्रेसको महासमिति सदस्य पनि हुन् ।

दोस्रो संविधानसभाको चुनावमा समेत कालीकोट उम्मेदवार रहेका उनी तेस्रो भएका थिए । त्यसबेला उनी माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए ।

०७० मा उनले ८ हजार मत पाएका थिए भने माओवादीका महेन्द्रबहादुर शाहीले १३ हजार मत पाएका थिए । एमालेले १२ हजार मत पाएको थियो ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु