Rajeev Bikram Shah - Jajarkot-1

Province-6   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

कांग्रेसबाट जाजरकोटमा चुनाव लडिरहेका राजीवविक्रम शाह राजनीतिक पृष्ठभूमिका व्यक्ति होइनन् । उनी राज खानदान निकट व्यक्ति हुन् । प्रधानमन्त्री पत्नी आरजु राणा र शाहबीच फुपू-भदाहाको नाता पर्छ ।

जाजरकोट शाहको जन्मथलो नभई पुर्ख्यौली थलो हो । उनको तीन पुस्ता काठमाडौंमै बसोबास गर्छ । शाह १६ वर्षको उमेरमा पुर्ख्यौली थलो जाजरकोट पुगेपछि त्यहाँको अवस्थाले उनलाई समाजसेवाका लागि प्रेरित गर्‍यो ।

विदेशबाट पढाइ सकेर नेपाल र्फकेका उनी दोस्रो जनआन्दोलनपछि जाजरकोटमा पुगे । त्यसलगत्तै जाजरकोटमै विभिन्न सामाजिक सेवामा सक्रिय भएका शाह कांग्रेस निकट भएपछि पहिलो संविधानसभा चुनावमा उनी कांग्रेसको समानुपातिक सूचीमा परेका थिए । तर, सांसद भएनन् ।

सांसद नभए पनि उनी जाजरकोटमा हुने सवारीसाधान दुर्घटना, झाडापखला, बाढीपहिरो लगायतका प्रकोपबाट पीडितहरुलाई साथ दिएपछि शाह चर्चामा आए ।

जाजरकोटमा शाहको लोकप्रियता बढेपछि उनलाई ०७० सालको दोस्रो संविधानसभामा कांग्रेसले जाजरकोट-२ बाट उम्मेदवार बनायो । शाह विजयी भए ।

शाह हाल नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि बाहेक अरु कुनै जिम्मेवारीमा छैनन् । तर, उनी पूर्वगृहमन्त्री शक्ति बस्नेतका बलिया प्रतिस्पर्धी हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Janardan Sharma

Maoist Centre

Madhav Raj Khatri

Nepali Congress

Sunil Bahadur Thapa

RPP Democratic

Khambir Gurwaja

Nepali Congress

Milan Suwal

Maoist Centre

Arjun Narshing KC

Nepali Congress