Rabindra Adhikari - Kaski-2

Province-4   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

रविन्द्र अधिकारी, एमाले, कास्की-२, प्रतिनिधिसभा

नेकपा एमालेका चर्चित युवा नेता हुन् रविन्द्र अधिकारी । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ तथा साविक भरतपोखरी गाविस वडा नम्बर ९ जामुनबोटमा जन्मेर हुर्केका अधिकारी अनेरास्ववियूको केन्द्रीय अध्यक्ष हुँदै विद्यार्थी राजनीतिबाट एमालेमार्फत् राष्ट्रिय छवि बनाउन सफल भएका छन् ।

एमाले कास्कीका पूर्वसचिव रहिसकेका अधिकारी ०६४ सालको निर्वाचनमा चुनाव जितेर सभासद बन्दादेखि नै चर्चित थिए । ०७० सालपछि संसदको विकास समितिको सभापति बनेपछि उनको राजनीतिक उचाई थप चुलियो ।

आगामी मंसीर २१ गते हुने चुनावमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार बनेका अधिकारीले नेपाली कांग्रेसका बौद्धिक नेता देवराज चालिसेसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रखर वक्ता र राष्ट्रिय छवि बनाएका युवा नेता अधिकारीलाई कास्की २ मा बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । चालिसेलाई पनि बौद्धिक नेताको रुपमा हेरिएकाले कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Ashok Rai

Federal Socialist Forum

Bimalendra Nidhi

Nepali Congress

Shanker Bhandari

Nepali Congress

Khambir Gurwaja

Nepali Congress

Hari Narayan Rauniyar

Federal Socialist Forum

Dig Bahadur Limbu

Nepali Congress