Ishwar Pokharel - Kathmandu-5

Province-3   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल काठमाडौंबाट चौथोपटक चुनावी प्रतिस्पर्धामा छन् । ०५६ मा साबिक काठमाडौं ३ बाट सांसद निर्वाचित भएका पोखरेल हालको काठमाडौं ५ बाट ०६४ र ०७० मा दुवैपटक कांग्रेसका नरहरी आचार्यसँग पराजित भए ।

०४८ सालको संसदीय चुनावमा धनुषा ३ बाट पराजित भएका पोखरेल ०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार बने । तत्कालीन नेकपा माले र हालैको एमालेका संस्थापक नेता पोखरेल एकपटक राष्ट्रियसभाको सदस्य पनि बनेका थिए ।

पञ्चायतकालभरि भूमिगत राजनीति गर्दै पाटीको केन्द्रीय नेतृत्वमा रहेका पोखरेल दुईपटक एमालेको महासचिव भइसकेका छन् । एकपटक आपूर्ति मन्त्री र दोस्रोपटक छोटो समयका लागि उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बनेका पोखरेल एमाले र माओवादीको पार्टी एकीकरण संयोजन समितिको सदस्य समेत छन् । पोखरेल सेना समायोजन विशेष समितिको सदस्यसमेत थिए ।

ओखलढुंगाको मांखामा जन्मिएका पोखरेल हाल काठमाडौंकै टोखा नगरपालिकाका स्थायी बासिन्दा हुन् । पोखरेल सेना समायोजन विशेष समितिको सदस्यसमेत थिए ।

एमालेमा शीर्ष नेता भइकन पनि संविधानसभामा पराजित भएका कारण पोखरेलले राष्ट्रिय राजनीतिमा धेरै ठूलो भूमिका खेल्न पाएका छैनन् । एमालेको आगामी महाधिवेशनमा केन्द्रीय अध्यक्षकै दाबी गर्दै आएका पोखरेलको यसपटकको जित वा हारले उनको राजनीतिक जीवनमा निकै ठूलो अर्थ बोकेको छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Prem Chandra Dahal

Nepali Congress

Dilli Ram Acharya

Maoist Centre

Ramesh Lekhak

Nepali Congress

Babu Raja Joshi

Nepali Congress

Ishwari Devi Neupane

Nepali Congress

Bishwa Aryal

Nepali Congress