Rajan Bhattarai - Kathmandu-4

Province-3   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

सदस्य राजन भट्टराई पहिलो पटक काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन्, त्यो पनि कांग्रेसका युवा नेता गगन थापासँग ।

काठमाडौं ४ बाट वामपन्थी गठबन्धनका साझा उम्मेदवार भट्टराई यसअघि मन्त्रिपरिषदबाट मनोनित संविधानसभा सदस्य थिए ।

अनेरास्ववियुको विदेश विभाग प्रमुख र एशियाली विद्यार्थी संगठन आसाको सचिव वभएर हङकङमा बसेका डा. भट्टराई स्वदेश फर्किएपछि पार्टी राजनीतिमा सामेल भएका हुन् ।

भारतको जवाहरलाल नेहरु विश्विद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका डा. भट्टराई ०६२/६३ को जनआन्दोलनताका दिल्लीमा सात दल र माओवादीका नेताहरुबीच सहजकर्ता समेत थिए ।

माधव नेपाल प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार रहेका डा. भट्टराई एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । उनी एमालेभित्र परराष्ट्र मामिलाका विज्ञ मानिन्छन् ।

भट्टराईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भावी परराष्ट्रमन्त्री भनेका छन् ।

सिन्धुपाल्चोकमा जन्मिएका भट्टराई काठमाडौं महानगरपालिका ७, चाबहिलका स्थायी बासिन्दा हुन् ।

गगन थापासँग चुनावी दौडमा खडा भएका युवा नेता भट्टराईको राजनीतिक यात्राको महत्वपूर्ण खड्गो बन्न पुगेको छ यो चुनाव ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Rajeshwor Biswas

Federal Socialist Forum

Prem suwal

Nepal Workers and Peasants Party

Rajan Kumar KC

Nepali Congress

Pushpa Bahadur Shah

Nepali Congress

Sunil Kumar Sharma

Nepali Congress